४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

यी नेताहरु पुगे रास्वपाको चियापानमा



काठमाडौं । संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज आफ्नो दोस्रो स्थापना दिवस मनाइरहेको छ । सोही अवसरमा बनस्थलीस्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता कार्यक्रम सहभागी भएका छन् ।

चियापानमा कांग्रेस सभापति शेरबहादुर देउवा, सचेतक रमेश लेखक,नेताहरू विमलेन्द्र निधि, विनोद चौधरी, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एंव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सुदन किराँती, हितराज पाण्डे, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, आजपाका अध्यक्ष प्रभु साह, जनमत अध्यक्ष सीके राउत पुगेका छन् ।

अन्य नेता तथा विभिन्न क्षेत्रका व्यक्ति चियापान कार्यक्रममा सहभागी हुन जाने क्रम चलिरहेको छ । रास्वपा सत्ताधारी दल हो भने संसदको चौथो शक्ति हो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ३ : १६ बजे