७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

लुम्बिनी सरकारबाट जसपा नेपालले लियो समर्थन फिर्ता



दाङ । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रमुख सचेतक अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

उपेन्द्र यादव नेतृत्वमा रहेको पार्टी फुटेपछि लुम्बिनीमा रहेका दुई जना प्रदेश सभा सदस्यले अशोक राई नेतृत्वको जसपातर्फ लागेर दल रोजेका थिए । अहिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा लुम्बिनी प्रदेशका एक जना प्रदेश सभा सदस्य छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १० : ३९ बजे