काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बैदेशिक रोजगारीमा क्रममा जटिल स्वास्थ्य समस्या भई फर्केका सुजन बिश्वकर्मालाई १ लाख हस्तान्तरण गरेको छ । मंगलबार सन नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखाका प्रमुख दिपेश सुबेदीले सीलीकोषिस ( फोक्सोमा पानी जन्मे रोग )भई मनमोहन कार्डियोथोरासीक भास्कुर तथा टान्सप्लान्ट सेन्टरको आइसियुमा उपचाररत बिश्वकर्मालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । कम्पनीको तर्फबाट रकम हस्तान्तरण गर्दै अस्पतालको शैयामा पुगेर दाबी भुक्तानी गर्न पाएकामा सन्तुष्ट भएको शाखा प्रमुख सुबेदीले बताए ।
सरकारले श्रम स्वीकृती लिई बैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्य रुपमा बिमा गर्नुपर्ने प्रावधान राखेको छ । बैदेशिक रोजगारको सिलसिलामा दिर्घरोग लागेको बिमितले बीमालेख बापत दाबी भुक्तानी प्राप्त गर्नेछन् । बैदेशिक रोजगार बीमालेखमा सबैभन्दा ठुलो हिस्सा सन नेपाल लाइफ इन्स्योरेन्सको रहेको बीमा प्राधिकरणको तथ्याकंमा उल्लेख गरिएको छ ।