काठमाडौं । सप्तरीमा भारी वर्षा भएको छ । जिल्लाको खाडो नदी, पूर्व पश्चिम राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा रहनेहरूले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।
बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा पनि भारी वर्षा भएको छ ।
दुधौरा, पसाह, लालबकैयालगायत उक्त क्षेत्र भएर बग्ने अन्य खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन विभागले सचेत गराएको छ ।उदयपुरमा पनि भारी वर्षा भएको छ । सुन्दरपुर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । त्यसैले त्रियुगा खोलाका साना सहायक नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई सतर्क रहन विभागको अनुरोध छ ।