काठमाडौं । आइतबारबाट सुरु भएको नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनमा महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुनेछ ।
। बन्दसत्रमा प्रतिवेदन पेस गर्ने र छलफल सुरु हुनेछ ।
एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ८४७ प्रतिनिधि सहभागी हुने बताइएको छ ।
असार २० गतेसम्म चल्ने महाधिवशेनमार्फत पार्टीका विभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशन तयारीका सन्दर्भमा गत बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने, समाजवादीले महाधिवेशनमा निर्वाचित हुन २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २९९ तय गर्ने निर्णय गरेको थियो ।