८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

युनियनले दियो महासंघमा धर्ना, क्रियाशील पत्रकारलाई सदस्यता नदिएसम्म आन्दोलन गर्ने चेतावनी



काठमाडौ‌ । नेपाल प्रेस युनियनले प्रक्रिया पुगेका क्रियाशील पत्रकारलाई मतदाता नामावलीमा समावेश नगरेसम्‍म नेपाल पत्रकार महासंघविरूद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । सोमबार नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, उपत्यका शाखासहित पत्रकार महासंघको केन्द्रीय कार्यालयमा २ घण्टा धर्ना दिँदै यस्तो चेतावनी दिएको हो ।

महासंघले निर्वाचन प्रक्रियाका लागि सदस्यता सार्वजनिक गरेकोमा क्रियाशिल पत्रकारहरुले समेत नचिन्ने गरी गैर पत्रकारलाई महासंघको सदस्यता वितरण गरिएको भन्दै नेपाल प्रेस युनियनले केन्द्रीय कार्यलयसहित देशैभरका कार्यलयमा ताला लगाएर आन्दोलन शुरु भएको हो । युनियनले समयमानै सदस्यता टुंगो लगाई निर्वाचन गर्न आग्रह गरेको छ । महांसघले जिल्ला र पदेशको संरचनाले सिफारिस गरेको क्रियाशिल पत्रकारको नाम कटौती गरी मनपरी सदस्यता बाडेको आरोप लगाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ०३ बजे