१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को सचिवालय बैठक बस्ने भएको छ ।

आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभागले जनाएको छ । त्यस्तै आजको बैठकले सोमबार नेपाली कांग्रेससँग भएको सहमति कसरी कार्यान्वयन गर्ने भन्नेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सहमतिअनुसार दुई पार्टीबीच सुरुका दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने र बाँकी अवधि कांग्रेसले गर्ने समझदारी भएको बिषय सार्वजनिक भएको छ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : ३० बजे