११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

सरकार फेरिने खबरले सेयर बजारमा उतारचढाव, दुई पटक सर्किट



। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक पहिलो पटक सर्किट लागेर दोस्रो पटक खुल्ने वित्तिकै पुनः सर्किट ब्रेक लागेको छ ।

बजार खुलेको एक मिनेटमै सकारात्मक सर्किट लागेर बजार २० मिनेट बन्द भएको थियो । त्यसपछि ११ः२१ मा पुनः ५ प्रतिशतले बढेर बजार ४० मिनेटका लागि बन्द भएको छ ।

बजार १०२.६८ अंकले बढेर २१५६०७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । उक्त अवधिमा १४ करोड १७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : ४९ बजे