८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

बागमति प्रदेशः एमाले मन्त्रीहरुले राजिनामा दिंदै



मकवानपुर । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेका मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई समर्थन फिर्ता लिएको पत्र बुझाउने तयारी गरेका छन् ।

शुक्रबार नै प्रदेश सरकारबाट बाहिरिने तयारी गरेका एमालेका मन्त्रीहरुले मुख्यमन्त्री जम्कट्टेल काठमाडौँमा रहेका कारण राजीनामा बुझाउन पाएका थिएनन् ।

चैत्र १७ गते जमकट्टेल नेतृत्वको सरकारमा सहभागी भएको एमालेले पाँच वटा मन्त्रालय सम्हालेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : ४० बजे