काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका निम्ति बोलाइएको बैठक भोलि बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठकको मिति सारिएको बताइएको छ ।
बुधबार बस्ने सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनका विषयमा छलफल गरिने बताइएको छ ।