काठमाडौं । सप्तरीको खाँडो खोला र बलान खोलामा जलसतहले सतर्कता तह पार गरेको छ ।
खाँडो खोलाको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले दिउँसो ४ बजेसम्म सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सप्तरीकै बलान खोला जलमापन केन्द्रमा पनि जलसतह पनि सतर्कता तहमाथि पुगेको छ । जलसतह बढ्दो क्रममा रहेको छ । नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो ४ बजेसम्मै उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।