२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मानव बेचविखनमा दोषी पाँचजनालाई जेल सजाय



मलेखु । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र संगठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ ।

दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीनजनालाई सफाइ दिएको र पाँचजनालाई कसुर कायम गर्दै कैद, जरिबाना र पीडितलाई क्षतिपूर्ति दिने धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार फैसला गरेको हो ।

फैसलाअनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की २९ वर्षीया गीता न्यौपाने, काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ का ३२ वर्षीया कविता बानियाँ ९आचार्य० र सोलुखुम्बू जिल्ला नेचा सल्यान गाउँ पालिका–२ की ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष नौ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र एक लाख ७५ हजार जरिबाना, पीडितलाई ५० हजार क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

अदालतले त्रिपुरासुन्दरी–१ का ३९ वर्षीय कोपिल दमै र त्रिपुरासुन्दरी–३ की ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५र१५ वर्ष कैद र एक÷एक लाख जरिबाना गर्ने फैसला गरेको छ ।

मानव बेचविखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय नेपाली किशोरीको विसं २०७९ पुस २० गते भारतको दिल्लीस्थित मंगलबजार गल्ली नं। २, बापरुल्लाबाट उद्धार गरी एयर इण्डियाको जहाजद्वारा स्वदेश ल्याइएको थियो ।

मामाघरमा बसेर अध्ययन गर्दै आएकी किशोरी वि।सं २०७९ मंसिर १५ गतेदेखि घरपरिवार आफन्तको सम्पर्कमा नआएपछि उनको खोजतलास लागि प्रहरीलाई लिखित निवेदन दिइएको थियो ।

बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनि बालिकालाई प्रलोभन देखाएर भारत पुर्याएको अनुसन्धानबाट खुलेको छ । मामाघरमा बस्दै आएकी बालिकालाई भारत पुर्याउन उनकै नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । रासस

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  २ : १७ बजे