८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा दायर भएको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिइएको छ।प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै गत असार ३१ गते अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

ओलीको नियुक्ति कानुनसम्मत नभएको उनीहरूको दावी छ। सो रिटमाथि आइतबार भएको सुनुवाइमा संवैधानिक इजलासमा पठाउन आदेश दिइएको हो।
रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ। ओलीलाई ३० असारमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ५९ बजे