२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

सेयर बजार हरियाली, कारोबार भने घट्यो



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से ३२ अंकले बढेको छ । नेप्से १.२६ प्रतिशतले बढेर २५६८.११ को विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा दुई अर्ब सात करोडले कम हो ।

बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९६ कम्पनीको सेयर मूल्य घट्दा तीन कम्पनीको स्थिर छ । साताको अन्तिम कारोबार दिन तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ ।

चार उपसमूहको समूहगत परिसूचक घटेको छ भने, बाँकी ९ वटाको परिसूचक बढेको छ । लगातार बढेको सेयर बजार बुधबार भने खस्किएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ३ : ५४ बजे