काठमाडौँ । रसुवागढी सुख्खा बन्दरगाह (ड्राइ पोर्ट)बनाउने अवधि सकिन एक बर्ष बाँकी रहँदा हालसम्म प्रतिशत काम मात्र सकिएको छ ।
रसुवाको गोसाईकुण्ड गाँउपालिकास्थित टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह चीन सरकारको अर्थिक र प्राबिधिक सहयोगमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा निर्माण भइरहेको हो ।
आगामी बर्षको जुन महिनामा सक्ने गरी तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले बन्दरगाह बनाइरहेको छ । दुई देशबीचको आयात निर्यातलाई सहज गर्ने उद्देश्य सहित बन्न लागेको बन्दरगाहको लागत २ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।
दुई हजार ८० वर्गमिटरमा फैलिएको बन्दरगाहमा पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्नुकासाथै ३५० वटा कन्टेनर राख्न सकिनेगरी निर्माण कार्य भैरहेको समितिले जनाएको छ ।