३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025

आस्मा कुमारी केसी बनिन् यसवर्षको मिस नेपाल



काठमाडौं । आस्मा कुमारी केसी यसवर्षको मिस नेपाल बनेकी छन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै आस्माले मिस नेपालको उपाधि जितेकी हुन् ।

पूर्वमिस नेपाल श्रीच्छा प्रधानले उनलाई ताज लगाइदिएकी थिइन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् ।

यसवर्ष प्रतियोगितार्मा २६ सुन्दरी सहभागी थिए । कार्यक्रमको निर्णायकमा डा। रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे र सकुन भण्डारी थिए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : ५६ बजे