२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

वाग्मती नदीमा पुरुषको शव फेला



काठमाडौं । वाग्मती नदीमा एक पुरुषको शव फेला परेको छ ।

ललितपुर महानगरपालिका–१ को कार्यालयनजिक वाग्मती नदीमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान भने भएका छैन ।

आज बिहान शव भेटिएको हो । नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ११ : १७ बजे