काठमाडौँ । चन्द्रागिरि नगरपालिका र नेपाल टेलिकम बीच नगर क्षेत्रमा टेलिकम सेवा प्रवाह (जी टु जी )सम्झौता भएको छ सोमबार नगरप्रमुख घनश्याम गिरी र नेपाल टेलिकमको तर्फबाट बागमती प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक रीना डंगोलबीच भएको उक्त सम्झौतामा नगर क्षेत्र,पालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु, शहरी स्वास्थ्य केन्द्रहरु, नगर अस्पताल र सामुदायिक बिद्यालयहरुलाई एउटै नेट्वर्क कनेक्टिभिटीमा जोड्न जी टु जी सम्झौता भएको हो । त्यस्तै उक्त सम्झौतामा ईन्टरनेट सेवा र सि सि टि भि कनेक्टिभिटी लगायतका सेवा नेपाल टेलिकमले प्रदान गर्ने, २०० भन्दा बढी सार्वजनिक स्थानमा वाइ फाइ हट्स्पटको सेवा, नगरपालिकाको सूचना प्रवाहको लागि विभिन्न चोकहरुमा डिजिटल बोर्डको पनि ब्यबस्था गर्ने उल्लेख गरिएको छ ।
नगर प्रमुख गिरीले उक्त सम्झौताले नगरपालिकाले प्रदान गर्ने डिजिटल सेवा तथा जि पि एस र जि आइ एस सहितको नगर प्रोफाइलका सेवाहरु अबलम्बन गर्न सहजीकरणको हने बिश्वास ब्यक्त गरेका छन् । उक्त सम्झौताले नगरक्षेत्रका अवान्छित गतिबिधि सिसिटीभीबाट निगरानीमा राख्न सघाउ हुनेछ ।