काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । त्यसअघि संसदीय दलको बैठक बस्न लागेको हो । मंगलबार बिहान १०ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, जलनसम्बन्धी गैरसरकारी विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विषयमा छलफल गरिने उनले जानकारी दिए ।
२८ श्रावण २०८१, सोमबार
28
Shares