२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्ता जोशी नियुक्त



धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका ठेकेन्द्रराज जोशी नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त भएका हुन् ।

उनले मुख्यमन्त्री कमलबहादुर शाहको पहिलो कार्यकालका बेला पनि मुख्य न्यायाधिवक्ताको रूपमा काम गरे । तत्कालीन सरकारले नियुक्त गरेको मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले सरकार फेरिएसँगै पदबाट राजीनामा दिएका थिए । शाहीले राजीनामा दिएपछि जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : ५२ बजे