काठमाडौं । मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्तमा परेका छन् । सत्ताको चरम दुरुपयोग गरी जम्बो मन्त्रीपरिषद् बनाएपछि आलोचित भएका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।
बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।
बर्खास्त गरी मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखलाई आज बिहान पत्र पठाइसकिएको मुख्यमन्त्री सचिवालय जनाएको छ ।