८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ११ : ३५ बजे