३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

तनहुँमा सिंचाइ सुविधा विस्तार



दमौली । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिंचाइ सुविधा विस्तार गरेको छ । यो सँगै जिल्लामा ६ हजार ७३४ हेक्टरमा सिंचाइ सुविधा उपलब्ध भएको छ ।

उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका–४ स्थित देवीखोला खहरे सिंचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिंचाइ सुविधा विस्तार भएको छ । उक्त अवधिमा सिंचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ ।

आव २०८०र८१ का लागि कार्यालयलाई रु पुँजीगततर्फ रु २५ करोड विनियोजन गरिएकामा रु २१ करोड खर्च भएको छ ।

बजेट अभावमा हिमा नदी नियन्त्रण कुच्चे कुनाबाट मडापोल्ला हुँदै लाटादहसम्म, फाउदीखोला लिफ्ट सिंचाइ योजना भानु–८, खहरे लिफ्ट सिंचाइ योजना देवघाट, बन्दीछाप लिफ्टिङ सिंचाइ योजना भिमाद–२, शुक्लागण्डकी–७ र म्याग्दे–५ को सुन्तले मल्याङ मोटरेबल पुल दायाँबायाँ ग्याविङको योजना सञ्चालन हुन नसकेका उनले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १२ : १८ बजे