८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

काठमाडौंका नदीमा पानीको बहाव बढाउनेबारे विज्ञसँग उपप्रधानमन्त्रीको छलफल 



काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमतिलगायत नदीमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरूसँग छलफल गरेका छन् ।

उपप्रधानमन्त्री सिंहले बुधबार मन्त्रालयमा विज्ञहरूसँग छलफल गर्दै वाग्मती, विष्णुमतिलगायत नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा सुझाव लिएका हुन् ।

“नदीमा पानी नबग्दा दुर्गन्ध फैलिइरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ कि भनेर केही स्थानमा बोरिङ गरेर भए पनि पानीको प्रवाह बढाउने सोचमा छौँ,” उपप्रधानमन्त्री सिंहले भने, “यसमा विज्ञहरूबाट राम्रा सुझाव आएका छन् ।”

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेलगायत विषयमा विज्ञहरुसँग राय लिएको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ३ : ५८ बजे