८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा



काठमाडौं। नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्ने भएको छ। कम्पनीले आज अर्थात् साउन ३० गतेदेखि लागू हुनेगरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु गर्न शुरु गरेको बताएको छ।

टेलिकमले आज एउटा सार्वजनिक सूचना प्रकाशन गरी यस प्रकारको सेवा सुचारु गर्न लागेको भन्दै आफ्नो मोबाइलमा सो सेवा सुचारु भएरनभएको यकिन गर्न 14157#डायल गरेर चेक गर्न पनि सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  १ : १० बजे