१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

सत्ता बिमुख भएपछि संघर्षको तयारीमा प्रचण्ड, भने- ‘सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन’



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दाको रक्षाका निम्ति सदन र सडकबाट संघर्षको विकल्प नरहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले जनताका अधिकार खोसिने आशंका जन्मिएकाले त्यसको रक्षाका लागि संघर्षको विकल्प नरहर्को बताएका हुन्।

अध्यक्ष प्रचण्डले भने, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको बिकल्प छैन। मैले सदन र सडकबाट संघर्षको बिकल्प देखेको छैन। हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ। यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ।”

उनले भने “स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ। पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ। केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ।”

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  १ : ३५ बजे