विराटनगर । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको हो । समर्थन फिर्ता लिएको बेहोराकोपत्र प्रदेशसभा सचिवालयमा दर्ता गरिएको माओवादी केन्द्रले जनाएको छ।
एमाले र काँग्रेसको गठबन्धनसँगै गत बैशाख २१ गते हिक्मत कार्की कोशीको मुख्यमन्त्री नियुक्त हुनुभएसँगै माओवादी सरकारबाट बाहिरिएको थियो । माओवादीले समर्थन फिर्ता लिएसँगै अब कार्कीले १ महिना भित्र बिश्वासको मत लिनुपर्ने सबैधानिक ब्यवस्था छ ।