१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

क्याप्टेन रामेश्वर थापाको सक्रियतामा वर्तमान गठबन्धन बनेको देउवाको खुलासा !



काठमाडौँ । नेकपा एमाले र कांग्रेसको गठबन्धन बनाउन ब्यवसायी क्याप्टेन रामेश्वर थापा सक्रिय भएको खुलासा भएको छ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठुलो योगदान रहेको खुलासा गरका हुन् ।
शनिबार काठमाडौँमा क्याप्टेन थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । कार्यक्रममा बोल्दै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताए ।

उनले भने, ‘‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रूपमा पनि धेरै ठुलो मद्दत गर्नुभएको छ।रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेता पनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो। मैले त्यसै रूपमा लिएको छु। यो कुरा लुकेर लुक्ने छैन। ओलीजी र मेरोबिचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ। धेरै ठुलो मद्दत गर्नुभएको छ। यसकारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक(हार्दिक धन्यवाद दिन चाहन्छु।’’

उनले क्याप्टेन थापालाई प्रधानमन्त्री ओली निकटको व्यक्ति भनेर चिनिने भए पनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ६ : १९ बजे