३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

प्रधानमन्त्री केपी शर्मा ओलीजति झुट बोल्ने मान्छे नेपालमा कोही छैन : राप्रपा सचेतक शाही



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीजति झुट बोल्ने मान्छे नेपालमा कोही नभएको बताएका छन्।

प्रमुख सचेतक समेत रहेको शाहीले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहका लागि ५६ जना विद्यार्थी जुम्ला पुगेका तर अन्तिम समयमा प्रधानमन्त्रीले स्थगन गरेको बताए । उनले भने,दीक्षान्त समारोह भनेर ५६ जना विद्यार्थी पूर्वको झापादेखि पश्चिमकको कञ्चनपुरसम्मका विद्यार्थी जुम्ला गए। त्यतिमात्रै होइन डा। सन्दुक रूइत पनि जानुभयो, हामीहरू गयौं। स्वास्थ्य सचिव जानुभयो लास्ट आवरमा आएर के भनिदिनुभयो,म आउँदिन दीक्षान्त समारोह पछाडि सारौं। हुकुमी शासन हो ?
त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असूलउपर गर्नुपर्ने पनि शाहीले बताए।
उनले भने ुप्रधानमन्त्री बिरामी हुनुभो अथवा मौसम खराबी भयो यो कुरा स्वीकार्छौं। कार्यव्यस्तता ? भ्यू टावर भएको दौडेर जानुहुन्थ्यो होला विश्वविद्यालय पर्‍यो त्यसकारण जानुहुँदैन।
उनले कांग्रेस र एमालेले आफ्नो भ्रातृ संगठनहरुले गुण्डागर्दी गरेको भन्दै सम्हालेर राख्न पनि चेतावनी दिए।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ४ : ०३ बजे