१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

राष्ट्र बैंकले असोज १३ बाट दशैंका लागि सुकिला नोट दिने



काठमाडौँ । नेपाल राष्ट्र बैंकले यो वर्षको दशैंलाई लक्षित गर्दै अगामी असोज १३ गतेदेखि नोट सटही सुविधा खुला गर्ने भएको छ।

विगतका वर्षमा नयाँ नोट दिंदै आएको केन्द्रीय बैंकले यस वर्ष सर्वसाधारणका लागि सुकिला नोट मात्रै दिने योजना बनाएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अघिल्ला वर्षमा चाडपर्वलक्षित नयाँ नोट दिंदै आएकोमा यस पटक सुकिला नोट मात्रै दिन लागेको छ।

केन्द्रीय बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ ०० रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो। यसपटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गर्ने योजना रहेको बताइएको छ ।

राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यो वर्ष नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको हो।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  २ : ५४ बजे