९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुुनको मूल्यमा गिरावट, आज तोलाको कति ?



काठमाडौं । बिहिबार स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार ९हिजो० छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ११ : १७ बजे