७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

सन नेपालका शाखाप्रमुखले गरे नवनियुक्त चिफ मार्केटिङ अफिसर चौलागाईको औपचारिक स्वागत



काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सका शाखाप्रमुखहरुले नवनियुक्त चिफ मार्केटिङ अफिसर गणेश चौलागाईको औपचारिक स्वागत गरेका छन् । बुधबार केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी चौलागाईलाई स्वागत गरिएको हो । बाग्मती प्रदेश अन्तरगर्तका काठमाडौँ,ललितपुर, भक्तपुर र बनेपाका शाखा प्रमुखहरुले एकमुष्ठ रुपमा चौलागाई र बाग्मती प्रदेशका प्रमुख लोकमाया अधिकारीलाई स्वागत गरेका हुन् । यसअघि चौलागाई आईएमइ लाइफमा सहायक महाप्रवन्धक र हिमालयन लाइफमा मार्केटिङ अफिसरको रुपमा कार्यरत थिए । नवनियुक्त प्रदेश प्रमुख अधिकारीसँग यसअघि सिटिजन लाइफमा र मेट लाइफमा काम गरेको अनुभव छ । अन्य बीमा कम्पनीका भन्दा फरक बीमा योजनाको कारण छुट्टै पहिचान बनाएको कम्पनीको बीमा शुल्क पनि न्युन रहेको कम्पनीले दाबी गरेको छ ।

कम्पनीसँग बिभिन्न बीमा योजनासँगै सन लाइफ मेडीकेयर सुबिधा पाइने, अन्य बीमा कम्पनीमा भन्दा सस्तो प्रिमियम शुल्क रहेकाले पनि कम्पनीप्रति ग्राहकको आर्कषण बढेको बालाजु शाखाका प्रमुख दिपेश सुबेदी बताउँछन् । उनले भने, “अहिले कम्पनीले जुनसुकै बीमा योजनामा मेडीकेयर सुबिधा लिने सकिने ब्यवस्था गरेको छ । जस अन्तरर्गत ग्राहकले न्यनतम १३ सय ९३ रुपँयामा १ लाख सम्मको आकस्मिक उपचार खर्च उपलब्ध गराउने ब्यवस्था गरेको छ । त्यसमा ग्राहक बढी आर्कषित देखिएका छन् । त्यस्तै हामीसँग बीमा योजनाको शुल्क पनि अन्य बीमा कम्पनीभन्दा सस्तो छ “। धन्ञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना सन नेपालका सबैभन्दा बढी बिक्रि गरिएको योजना रहेका कम्पनीको भनाई छ ।

बैदेशिक रोजगार बीमालेखमा सबैभन्दा ठुलो हिस्सा सन नेपाल लाइफ इन्स्योरेन्सको रहेको बीमा प्राधिकरणको तथ्याकंमा उल्लेख गरिएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०\८१मा ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरी मुनाफा कमाउने बीमा कम्पनीको मध्ये दोस्रो स्थान हासिल गरेको छ ।

बालाजु शाखाका प्रमुख दिपेश सुबेदीले नवनियुक्त चिफ मार्केटिङ अफिसर चौलागाईलाई स्वागत गदैँ

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ८ : ५३ बजे