९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु



बागलुङ । बागलुङबाट रुकुम पूर्व जाँदै गरेको जिप गलकोट नगरपालिका वडा नं. २ भुङखानीमा भएको दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष ३३ वर्षीया भूपेन्द्रा बुढामगरको शव फेला परेको छ ।

शुक्रबार बिहान पुथा उत्तरगङ्गा गाउँपालिकाको रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले दुर्घटनास्थलमा गाउँपालिका उपाध्यक्ष बुढामगरको शव फेला परेको बताए । निरीक्षक पौडेलले गाउँपालिका उपाध्यक्षको परिचय पत्रका आधारमा पहिचान खुलेको जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुने तीन जनामध्ये एक जनाको सनाखत भएको हो ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ११ : ५९ बजे