८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

एनसेल फाउन्डेसनको घोषणा 



काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ‘एनसेल फाउन्डेसन’को घोषणा गरेको छ । एनसेल २० वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार आयोजित विशेष कार्यक्रममा फाउन्डेसनको घोषणा गरिएको हो

फाउन्डेसनका तीन उद्देश्य राखिएको छ । पहिलो, सबैभन्दा धेरै आवश्यकतामा रहेका व्यक्तिलाई फाउन्डेसनमार्फत सहयोग गरिनेछ । दोस्रो, ‘डिजिटल डिभाइड’का निम्ति काम गरिनेछ । तेस्रो, स्वस्थ र दिगो नेपालको विकासमा योगदान गरिने एनसेलका सीईओ जाब्बोर कायुमोभले बताए ।

१९ वर्षदेखि एनसेलले सामाजिक उत्तरदायित्वका क्षेत्रमा दुई अर्ब रुपैयाँभन्दा बढी योगदान गरेको उनले जानकारी गराए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १ : ०८ बजे