काठमाडौँ । बुधबार स्थानीय बजारमा नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ३ सय घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।





