९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज तोलाको कति ?



काठमाडौं । बिहिबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ११ : ०० बजे