१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सन नेपाल लाइफ इन्स्योरेन्स आजबाट आठौँ बर्षमा प्रवेश, पोलीसी सर्भिसमा कुनै कम्प्रोमाइज नगर्ने कम्पनीको प्रतिबद्धता



काठमाडौँ । आइतबार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आज कम्पनी स्थापनाको सातौँ बर्ष पुुरा गरी आठौँ बर्षमा पुगेको अवसरमा प्रभातफेरीको आयोजना गरिएको हो। समाजमा जीवन बीमाको महत्त्वलाई प्रबर्द्धन गर्ने उद्देश्यले गरिएको प्रभातफेरीमा सहभागीहरुले बीमा आवश्यकताको बारे चेतनामुलक प्लेकार्डहरु बोकेका थिए । कार्यक्रम बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बीमितलाई दिने पोलीसी सर्भिसमा कुनै कम्प्रोमाइज नगर्ने प्रतिवद्धता ब्यक्त गरे । प्रभातफेरीमा कम्पनीका कर्मचारी, बीमित र अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

बैदेशिक रोजगार बीमालेखमा सबैभन्दा ठुलो हिस्सा सन नेपाल लाइफ इन्स्योरेन्सको रहेको बीमा प्राधिकरणको तथ्याकंमा उल्लेख गरिएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०्८१मा ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरी मुनाफा कमाउने बीमा कम्पनीको मध्ये दोस्रो स्थान हासिल गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ११ : २२ बजे