काठमाडौं । नेपाली बजारमा सुनले दैनिक नँया रेकर्ड कायम गरेको छ । आज सोमबार हालसम्मकै उच्च विन्दु कायम भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य पार गर्दै सोमबार नयाँ रेकर्ड कायम भएको हो । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।