७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

दुई महिनामा करिब चार अर्बका १६ सय ईभी भित्र्याइयो,दुई अर्ब ३१ करोड २२ लाख चार हजार बराबर राजस्व उठ्यो



काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा एक हजार ६०२ विद्युतीय सवारी (ईभी) आयात भएका छन् । चाल्आर्थिक वर्ष २०८१र०८२ को साउन र भदौ महिनामा सो ईभी आयात गरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
तीन अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरका ईभीबाट सरकारले दुई अर्ब ३१ करोड २२ लाख चार हजार रुपैयाँ राजस्व उठाएको छ ।

सबैभन्दा धेरै ५१ देखि एक सय किलोवाट क्षमताका विद्युतीय जीप, कार तथा भ्यान ९३८ वटा आयात भएका छन् । यस्तै, शून्यदेखि ५० किलोवाट क्षमताका ५६० ईभी नेपाल भित्र्याइएको छ ।

ल्क्ष्द्यी

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १२ : ५७ बजे