११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

देवघाटधाममा बाढी पस्यो, सयौँ घर डुबानमा



चितवन । त्रिशूली नदीमा आएको बाढी धर्मशालामा पसेको छ । भरतपुर महानगरपालिका–१ देवघाटमा बाढी पसेपछि प्रहरीले एक सयभन्दा धेरैको उद्धार गरेको जनाएको छ ।

देवघाटधामको चितवनतर्फ रहेको रोटरी करुणालय आश्रम, हरिकीर्तन धर्मशाला, शिव मन्दिर, मारवाडी सेवा समितिलगायतको आश्रमबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धारको काम जारी रहेको जनाएको छ ।

देवघाटको त्रिशूली नदी क्षेत्रका सबै धार्मिक आश्रमहरू त्रिशूली नदीले डुबाएको छ । केही आश्रमलाई भत्काएको छ । बाढीको प्रभाव अझ वृद्धि भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। कुटी, आश्रम तथा घरहरू गरेर एक सयभन्दा धेरै डुबानमा परेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : ०९ बजे