७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

बाढीपहिरोपीडितका निम्ति राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितका निम्ति सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।

गत शुक्रबार र शनिबार वर्षासँगै आएको बाढीपहिरोले मानवीय क्षतिसहित भौतिक संरचनामा क्षति गरेको । यता नेपाली कांग्रेसका सांँसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ३० बजे