सर्लाही। सर्लाहीको मलङ्गवा नगरपालिका–७, मुसैलीमा बिहीबार बिहान ट्याक्टर खस्दा नहरमा माछा मारिरहेका एक बालकको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य तीन जना बालक घाइते भएका छन् । बिहीबार बिहान साँढे सात बजे खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँदा नहरमा माछा मारिरहेका बालकहरूमाथि बजारिन पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मुसैलीका दिनेश साहका छोरा १२ वर्षका रवि साहको मृत्यु भएको छ ।





