काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेताहरु सहभागि रहेको बताइएको छ । प्रचण्डले राखेको विपक्षी दल बैठकमा सत्तारूढ लोसपा अध्यक्ष ठाकुर पनि सहभागी रहेका छन् ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ





