७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

रास्वपाको कार्यालयमा रविको समर्थनमा सरकारविरुद्ध नाराबाजी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा सरकार बिरुद्ध नाराबाजी भएको छ । त्यस्तै, रवि लामिछानेको समर्थनमा हुटिङ भएको छ ।

सहकारी ठगी प्रकरणमा रवि पक्राउ परेलगतै रवि पक्षमा र सरकारको विपक्षमा नाराबाजी भएको हो ।

रास्वपाका समर्थकहरूले रवि दाइ, हाई हाईु, दलाली सरकार, मुर्दावादु, भ्रष्ट सरकार, मुर्दावादु सहितका नारा लगाएका थिए । कास्की प्रहरीबाट पक्राउको अनुमति पाएको प्रहरीले लामिछानेलाई स्थलमार्गबाट पोखरा लगेको छ ।रवि लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगीमा पक्राउ गरिएको हो । उनीमाथि संगठित अपराधको कसुरमा समेत अअनुसन्धान हुनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : २८ बजे