काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारीसभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारीसभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको वाग्मती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारीसभा गर्ने निर्णय गरेको जानकारी दिएका छन् । खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ।