११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

घरको चौथो तलाबाट लडेर काठमाडौंमा एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंको आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ घर भएका ४२ वर्षीय दिलबहादुर भुजेलको लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ आलोकनगरस्थित एक निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर भुजेलको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १० : ४३ बजे