७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

सरकारविरुद्ध काठमाडौंमा माओवादी केन्द्रको प्रदर्शन



काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ । सरकारविरुद्ध खबरदारी गर्न काठमाडौंको कान्तिपथबाट माओवादीको प्रदर्शन शुरू गरेको हो ।

सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर उक्त जुलुस खबरदारी सभामा परिणत हुने माओवादी केन्द्रले जनाएको छ । पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो ।

सरकारले गलत काम गरेको भन्दै त्यसको विरोध गर्न माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १ : १४ बजे