८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

रवि र छविमाथि तीन अभियोगमा अनुसन्धान जारी



कास्की। पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ । गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछाने र पूर्वउपाध्यक्ष जोशीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा कास्कीमा अनुसन्धान गर्दै छ ।

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछाने र असोज ६ गते पक्राउ परेका जोशीलाई बिहीबार कास्की जिल्ला अदालतले थप सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो । लामिछाने र जोशी आबद्ध गोरखा मिडियामा पोखरामा रहेको सूर्यदर्शन सहकारीबाट अवैधानिक रूपमा पाँच करोड ५८ लाख रकम गएको देखिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १ : १२ बजे