काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा पुकार बमलगायत ती नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ ।
उक्त पार्टीका मकवानपुरको बकैया गाउँपालिकाका सभापति अमर दंगाल, हेटौँडा उपमहानगर सभापति ध्रुवबहादर विष्ट, मकवानपुरका क्षेत्रीय सभापति सुरेश थापालगायत नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेपछि रास्वपा आन्दोलित भएको हो ।