११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

धनतेरस मनाउन किनमेल गर्नेको घुइँचो 



विराटनगर । आज धनतेरस मनाइँदै छ । आयुर्वेदका प्रवर्तक मानिने धनवन्तरी र धनका देवता कुवेको जन्मोत्सव र तिहारको सन्दर्भ पारेर धनतेरस मनाउने चलन छ । 

यसदिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । कोसी प्रदेशको राजधानी विराटनगरमा बिहानैदेखि पूजा तथा अन्य सामग्री खरिद गर्नेको भिड देखिन्छ । गुदरीसहितका बजारमा चहल पहल छ । गहना, भाँडाकुँडा, रंग, बत्ती र फलफूल पसलमा उपभोक्ताको घुइँचो लागेको छ ।

धनवन्तरीको प्रादुर्भाव समुद्र मन्थनबाट भएको हो र उनले हातमा अमृतले भरिएको कलश लिएर आएको विश्वास गरिन्छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १ : ५५ बजे